बुटवल, १ भदौ । लुम्बिनी प्रदेशसभाका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने भएका छन् ।
प्रदेशसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिएका छन् ।
नेपाली कांग्रेसले नेकपा (एमाले)सँगको सहकार्य तोड्दै सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन् । केन्द्रमा बनेको नयाँ सत्ता समीकरणअनुसार लुम्बिनीमा एमालेसहितका दलले सरकारलाई समर्थन गर्ने तयारी गरेका छन् ।
एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा)ले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने तयारी गरेका छन् ।






