अनिल शाहको कप्तानीमा भारतसँग खेल्ने नेपाल ‘ए’ टिम घोषणा

काठमाडौँ, ११ जेठ । भारतमा आयोजना हुने ‘अल इन्डिया गोल्ड कप’ क्रिकेट प्रतियोगिता खेल्ने नेपाल ‘ए’ क्रिकेट टिम घोषणा भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार अनिल शाहको कप्तानीमा नेपाल ए टिम घोषणा गरेको हो ।

१४ सदस्यीय नेपाली टोलीमा युवा र राष्ट्रिय टोलीका अनुभवी खेलाडी समेटिएका छन् । नेपाल ए टिममा मयन यादव, तिर्थराज दास, देव खनाल, रसिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सर्राफ, दीपक डुम्रे, युवराज खत्री, बिपिन खत्री, ललित राजबंशी र अर्जुन कुमालले स्थान पाएका हुन् ।

प्रतियोगिताको समूह चरणमा नेपाल ‘ए’ ले भारतका तीनवटा प्रान्तीय टोलीसँग प्रतिस्पर्धा गर्नेछ। तालिका अनुसार नेपालले पहिलो खेल जेठ १६ गते केरलासँग खेल्नेछ । जेठ १७ गते दोस्रो खेल गोवा र जेठ १९ गते तेस्रो खेल ओडिसासँग खेल्दैछ । समूह चरणको खेल सकिएपछि त्यसको नतिजाका आधारमा जेठ २१ गते क्वाटरफाइनल, जेठ २३ गते सेमिफाइनल र जेठ २४ गते फाइनल खेल हुने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर