आजको मौसम

काठमाडौँ, १० जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ ।  

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागको केही स्थानहरूमा, मधेस प्रदेश लगायत बागमती, गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित  मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका  पहाडी भूभागमा तातो दिन तथा तराई  भूभागमा तातो लहर चल्ने सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशको तराई  भू–भागका थोरै स्थानहरूमा  हावाहुरीको सम्भावना रहेको छ ।

त्यस्तै आज राति कोशी प्रदेश लगायत बाँकी हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । 

कञ्चनपुर कैलाली डोटी, बर्दिया, बाँके र दाङमा तातो लहर (लु) चल्ने सम्भावना रहेकोले सतर्क रहन समेत महाशाखाले आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असार । अभिनेता अनमोल केसी विश्वकप फुटबल हेर्न अहिले अमेरिका पुगेका छन् । नेपाली समयानुसार आज बिहान भएको अर्जेन्टिना

काठमाडौँ, १२ असार । चलचित्र ‘इलिफेन्ट्स इन द फग’को नेपाल रिलिज तय भएको छ । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली

काठमाडौँ, १० असार । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ

काठमाडौँ, ९ असार । काठमाडौँको थापागाउँमा अवस्थित मण्डला थिएटरमा नाटक ‘इजलास’ मञ्चन हुने भएको छ । गत आइतबार (७ असार)मा