बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ, ८ जेठ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–२२ का ५३ वर्षीय प्रणवलाल सिंहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ जिल्ला अदालतबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१३, छाउनीबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारबाहीका निम्ति प्रहरी वृत्त जनसेवामा पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, ९ जेठ ।  नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएका आन्तरिक मतभेद र असन्तुष्टिलाई व्यवस्थापन गर्दै सबै नेताहरूलाई एकजुट

मकवानपुर, ९ जेठ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मा प्रस्तावित मयुरधाप औद्योगिक क्षेत्रको जग्गा सम्बन्धी विवादलाई तत्काल सुल्झाएर निर्माण

काठमाडौँ, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्पत्ति शुद्धीकरण एवं सङ्गठित अपराधको अभियोग संशोधन हुने भएपछि खुशी लागेको

काठमाडौँ, ९ जेठ । नेकपा (एमाले)को सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा