पार्टी विसर्जनको दिशामा जाँदैछ: पूर्णबहादुर खड्का

सुर्खेत, २ जेठ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको दिशामा गइरहेको बताएका छन् । 

शनिबार कांग्रेस कर्णाली प्रदेशले वीरेन्द्रनगरमा आयोजना गरेको ‘कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा बोल्दै खड्काले अहिले पार्टीभित्रको विषयलाई लिए सानेपामा रहेको केन्द्रीय कार्यालय र बाहिर रहेका आम कार्यकर्ताबिच ठुलो खाडल देखिएको बताए । उनले वर्तमान पार्टी नेतृत्वभित्र अहङ्कार मौलाएको आरोप लगाए ।

उनले भने, ‘सानेपामा भएको कांग्रेस र बाहिर रहेको कांग्रेसलाई एक ठाउँमा नपुर्‍याउने हो भने पार्टी विसर्जनको दिशामा जाँदैछ । देशी–विदेशी षड्यन्त्रमार्फत कांग्रेसलाई विभाजनको बाटोतिर लैजाने प्रयास भइरहेको छ । व्यक्तिगत अहङ्कार र स्वार्थले सङ्गठनलाई क्षति पुर्‍याएको छ । नेताहरूले आफ्ना व्यक्तिगत आडम्बर, पारिवारिक स्वार्थ, धनको मोह र नातागोताको सम्बन्धभन्दा माथि उठेर कार्यकर्तामाझ जानुपर्ने छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ साउन । सर्लाहीको बागमती नगरपालिका–५ टेकानी स्थित ससुरालीमा श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने उद्योग गर्ने एक

काठमाडौँ, १२ साउन । काठमाडौँको टेकुस्थित सार्वजनिक स्थानमा सर्वसाधारणलाई दुःख-हैरानी दिने र अभद्र व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौँ, १२ साउन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार ३

काठमाडौँ, १२ साउन । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखा