काठमाडौँ, २८ बैशाख । भदौबाट छायांकन सुरु हुने चलचित्र ‘मन विनाको धन’को सिक्वेलमा नायिका पूजा शर्मा अनुबन्ध भएकी छन् ।
गत वर्ष रिलिज भएको ‘मन विनाको धन’ले बक्सअफिसमा चार करोड रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।
‘मन विनाको धन’को सिक्वेललाई टंक बुढाथोकीले नै निर्देशन गर्नेछन् । यो चलचित्रमा पटकथा तथा संवाद शिवं अधिकारीको रहनेछ ।





