सुकुमबासी बस्तीका बालबालिकालाई निःशुल्क पढाउने घोषणा

काठमाडौँ, २१ बैशाख । निजी विद्यालय सञ्चालकहरूले सुकुमबासी बस्तीका बालबालिकालाई निःशुल्क पढाउने घोषणा गरेका छन् ।

प्याब्सन, एन–प्याब्सन, हिसान र एपेनले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार र देशभरका जोखिमयुक्त स्थानमा रहेका सुकुमबासी बस्तीहरू हटाउने कार्यलाई तीव्रता दिएको सन्दर्भमा ती समुदायका बालबालिकाको पठनपाठनमा पर्न सक्ने अवरोधप्रति गहिरो चासो व्यक्त गरेका छन् ।

नेपालको संविधानले प्रत्याभूत गरेको बालबालिकाको आधारभूत शिक्षाको मौलिक अधिकार कुनै पनि परिस्थितिमा हनन हुन नहुने कुरामा जोड दिँदै, वर्तमान संवेदनशील अवस्थामा स्थानीय तहसँग सहकार्य गरी समस्या समाधानमा रचनात्मक सहयोग पुर्याउन आफूहरू प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ११ भदाै । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवा, नुवाकाेट, धादिङ लगायतका क्षेत्रका बाढी पीडितहरूकाे साथमा प्रदेश सरकार रहेकाे

काठमाडौँ, ११ भदौ । सयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो

काठमाडौँ, ११ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बिहान रसुवाको भोटेकेशी नदीमा आएको बाढीले तटीय क्षेत्रमा भएको विपत्तिमा परेका नागरिकको

काठमाडौँ, १० भदौ । चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा गएको बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्धारका लागि निर्देशन