काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा तास खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले छापा हानेर १० जनालाई नगदसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा होटल सञ्चालक ४२ वर्षीय कालुराम चौधरी, ३८ वर्षीय बिरेन्द्र थापा, २४ वर्षीय रोहित खड्का, २० वर्षीय क्रिस बम, ३३ वर्षीय पदम ठकुल्ला, २९ वर्षीय अनिल चौधरी, ५१ वर्षीय बिरु साउद, ४१ वर्षीय टिकाराम खनाल, ४३ वर्षीय रामकृष्ण चौधरी र १८ वर्षीय विवेक साउद रहेका छन् ।
उनीहरूलाई वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको टोलीले गएराति साढे ८ बजेतिर होटलमा छापा हानेर पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद ५९ हजार २९० रुपैयाँ र एक गड्डी तास बरामद गरिएको छ ।
उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







