भक्तपुर, १५ बैशाख । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको अस्पतालको १८ औं स्थापना दिवस आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
अस्पतालले निकट भविश्यमा न्युरो सर्जरी सेवालाइ पुर्णरुपमा संचालन गर्ने भएको छ । बढ्दो सवारी दुर्घट्ना र त्यसबाट हुने क्षति न्युनिकरण गर्न अस्पतालले न्युरो सर्जरी सेवा पुर्णरुपमा संचालन गर्ने भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै म्रध्यपुर थिमि नगरपालिकाबाट सञ्चालित कोरिया मैत्री अस्पतालले वेड सहितको हेमोडाइलाइसिस सेवासमेत बिस्तार गर्न लागेको नगरपालिकाका कार्यबाहक नगर प्रमुख बिजय कृष्ण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार, अस्पतालको सेवा बिस्तार गर्नकै लागि कोरियाको सहयोगमा करिव एक अर्व २६ करोड रुपैंयाको लागतमा भवन निर्माण भइरहेको छ ।
नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन अस्पताल प्रयत्नरत रहेको बताउँदै कार्यबाहक नगर प्रमुख, बिजय कृष्ण श्रेष्ठले कोरिया नेपाल अस्पताल नगरपालिकाबाट सञ्चालन भएका अस्पताल मध्ये मुलुककै नम्बर वान बनेको दावी गरे । अस्पताल आत्मनिर्भर बन्न सफल भएको बताउँदै श्रेष्ठले थप सेवा बिस्तार गरी नगरवासीलाई सेवा प्रदान गरिने बताए ।
मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले मन्चबाट कामना गर्दैमा अस्पतालको सफलता नहुने बताउँदै दुःख पिडामा आएका बिरामीलाई गुणस्तरीय र छिटो छरितो सेवा दिनुपर्नेमा जोड दिए । सेवा विस्तारसंगै गुणस्तरमासमेत ध्यान दिनुपर्नेमा भिमिरेको जोड थियो।
कार्यकारी निर्देशक डा दिपेन्द्र कुमार रौशनले अस्पतालले रक्त संचार सेवा २४ सै घण्टा बिस्तार गर्न लागेको बताए । कोरियन सरकारको सहयोगमा निर्माणाधिन भबनलाई अत्याधिक सेबा सहितको उत्कष्ठ सेवा प्रदान गर्ने डा. रौशनको भनाई थियो । कर्मचारीहरुको क्षमता विकास गरी सेवालाई चुस्त तुल्याउँन बिभिन्न खाले तालिम तथा सेमिनारमा सहभागी गराईने कार्यकारी निर्देशक डा रौशनले बताए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं मध्यपुर थिमि नगरपालिकाका संस्थापक मेयर मदनकृष्ण श्रेष्ठ, अस्पताल संञ्चालक एवम् नेपाली कांग्रेस मध्यपुर थिमि नगर समिति सभापति हरिदाश प्रजापतिले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी पूर्व नगर उप प्रमुख मुरारी आचार्य, निवर्तमान उप प्रमुख अन्जना मधिकर्मी, नगर प्रबक्ता कृष्णहरी आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा कोइकाका प्रतिनिधि किम लगायतका नगरपालिकाका जनप्रतिनिधि, चिकित्सक, नर्स, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । सोहि अवसरमा अस्पतालले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । अस्पताल सञ्चालक हरिदाश प्रजापतिले रक्तदान गरेर सो कार्यको शुभारम्भ गरेका थिए ।







