लागुऔषधसहित ५ जना पक्राउ

काठमाडौँ, १२ बैशाख । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न ठाउबाट ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट खैरो हेरोइनसहित बर्दिया गुलरिया नगरपालिका–१ का २४ वर्षीय निकलेश गोडियालाई शुक्रबार पक्राउ गरिएको हो ।

तनहुँको देवघाट गाउँपालिका–५ सेतीभतेरी टोल बस्ने ३६ वर्षीय रोहित भन्ने कृष्ण तामाङलाई गाँजा, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने विभिन्न औषधिसहित पक्राउ गरिएको छ । निजको घर खानतलासी गर्दा जरायोका सिङ र गैंडाको छालासमेत बरामद भएको छ ।

यसैगरी, झापाको हल्दीबारी गाउँपालिका–३ बाङ्गे बजारबाट खैरो हेरोइनतसहित तीन जनालाई पक्राउ गरिएको छ । उनीहरू शुक्रबार पक्राउ परेका हुन् ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ बैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई

काठमाडौँ, १२ बैशाख । काठमाडौँमा भएको सवारी दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ ।  काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ तालिन चोकस्थित

काठमाडौँ, १२ बैशाख । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न ठाउबाट ५ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार

काठमाडौँ, १२ बैशाख । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड बजारमा रहेको बिबेक रेस्टुरेण्ट एण्ड लजमा आगलागी हुँदा होटलकै कामदारको जलेर मृत्यु