आगलागीबाट एक कामदारको जलेर मृत्यु

काठमाडौँ, १२ बैशाख । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड बजारमा रहेको बिबेक रेस्टुरेण्ट एण्ड लजमा आगलागी हुँदा होटलकै कामदारको जलेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार, आगलागीमा परेर होटलमै सुतिरहेका डडेल्धुराको आलिताल गाउँपालिका घर भएका मिनबहादुर बोहराको मृत्यु भएको हो । गएराति पौने १ बजेतिर उनी सुतिरहेको कोठामा आगलागी भएपछि जलेर उनको मृत्यु भएको हो ।

प्रहरीले घोडाघोडी नगरपालिकाको दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिएको थियो । प्रहरीकाअनुसार बोहराले लामखुट्टे भगाउन बालेको अण्डाको क्रेटबाट आगलागी भएको हुनसक्ने देखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ बैशाख । नेपालगन्जमा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आज हवाईफायर गरी तीन लागुऔषध ‘कारोबारी’लाई पक्राउ

काठमाडौँ, १२ बैशाख । धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका अन्सुअर मृत्यु हुनेमा महोत्तरीको

सुर्खेत, १२ बैशाख । सुर्खेतमा दुई थान भरूवा बन्दुक बरामद भएको छ । बराहताल गाउँपालिका–१ ज्यामिरे खोलाबाट भरूवा बन्दुक २

पर्वत, १२ बैशाख । पर्वतको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार साँझ चट्याङ लागेर