विदेशी नागरिकता भएका १७ चिकित्सकको नाम काउन्सिलले हटायो

काठमाडौँ, ११ बैशाख । नेपाल मेडिकल काउन्सिलले १७ चिकित्सकको नाम दर्ता किताबबाट हटाएको छ ।

आज काउन्सिलले एक सूचना जारी गर्दै विदेशी नागरिकता लिएका चिकित्सकको दर्ता खारेज गरिएको जनाएको हो । 

काउन्सिलका अनुसार, उनीहरूले नेपाली नागरिकता परित्याग गरिसकेका छन् । अरू देशको नागरिकता लिएका चिकित्सकको नाम दर्ता अभिलेखबाट हटाइएको काउन्सिलले जनाएको छ ।

अब यी चिकित्सकलाई नेपालमा चिकित्सकीय अभ्यास गर्न मान्यता नहुने काउन्सिलले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र नेपाली सेनाबीच दूध तथा दुग्धजन्य पदार्थ खरिद–बिक्रीका लागि सम्झौता भएको

काठमाडौँ, २१ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २१ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २१ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Exchange Rate for October