सरकारको निर्णयमा सत्तारूढ दलका सांसद नै असन्तुष्ट

काठमाडौँ, ६ बैशाख । भारतबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने सरकारको निर्णयमा सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सरकारको यो निर्णयले सीमावर्ती क्षेत्रका सर्वसाधारणले सास्ती खेप्नुपरेको भन्दै असन्तुष्टि जनाएका हुन् । सरकारको यो कदमको विरोध गर्दै गृहमन्त्री सुधन गुरुङलाई भेटेर मधेशबाट निर्वाचित रास्वपाका केही सांसदले यसमा पुनर्विचार गर्न माग गरेका छन् । रास्वपा मधेश प्रदेश सभापति एवं सिरहा ४ का सांसद तपेश्वर यादवले सीमानाका तत्काल सहज बनाउन माग गरेको बताए ।

नेपाल र भारतबीच रोटी–बेटीको ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले सरकारको यो कठोर निर्णयले सर्वसाधारण मारमा परेको बताए । उक्त निर्णय पुनर्विचार गर्न गृहमन्त्रीलाई आग्रह गर्दै उनले भने, ‘तस्करी नियन्त्रण गर्नुपर्छ, तर त्यसका नाममा व्यक्तिगत प्रायोजनका लागि सामान ल्याउने सर्वसाधारणलाई दु:ख दिनु गलत हो ।’

यस्तै, सिरहा २ का सांसद शिवशंकर यादवले पनि सीमामा नागरिकले पाएको सास्तीका विषयमा गृहमन्त्रीसँग गुनासो गरेका छन् ।

सरकारको यो निर्णयविरुद्ध मधेशका युवाहरूको एक समूहले पनि आज काठमाडौंस्थित माइतीघरमा प्रदर्शन गरेको छ । मधेशलाई दीर्घकालीन हिसाबले कमजोर पार्न सरकारले षड्यन्त्र गरेको भन्दै उनीहरूले सीमामा लगाइएको सो प्रावधान तत्काल खारेज गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । फरार कैदीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुद्दामा कैद सजाय तोकिएका तिलोत्तमा नगरपालिका–१५,

काठमाडौँ, १६ बैशाख । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्ययादेश ल्याएपछि विपक्षी दलहरूको संसदीय दलको बैठक आज बस्दैछ ।

काठमाडौँ, १६ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १६ बैशाख । बीपी राजमार्ग फेरी अवरुद्ध भएको छ । हिजो काभ्रेका विभिन्न ठाउँमा ठूलो पानी परेकाले गएरातिदेखि बीपी राजमार्ग