काठमाडौं, २ पौष । एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्सले विराटनगर वारियर्सलाई पराजित गरेको छ ।
कीर्तिपुर क्रिकेट मेदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १७ ओभर ५ बलमा १०० रनमा अलआउट भयो । लिगको अन्तिम खेलमा विराटनगर काठमाडौंसँग ५ विकेटले पराजित भयो ।
त्यसपछि कप्तान पारस खड्का पनि २१ रनमा आउट हुन पुगे । विराटनगरका खेलाडी क्रिजमा धेरै बेर टिक्न सकेनन् । उसले ९३ रन बनाउदा ७ विकेट खेर फाल्यो । काठमाडौंका लागि बलिङमा केभिन ओब्राइनले तीन तथा प्रविन साहु र विक्रम भुषालले दुई–दुई विकेट लिए ।
जवाफमा काठमाडौंले १७ ओभर ५ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । २४ रन बनाउँदा तीन विकेट गुमाएको काठमाडाैंका रोहन मुस्तफाले खाता खोल्न सकेनन् भने सागर पुन पनि १० रनमा आउट भए ।
प्रतियोगिताको फाइनल प्रवेशका लागि ललितपुर र काठमाडौं तथा इलिमिनेटर राउण्डमा भैरहवा र चितवन खेल्ने भएका छन् ।






