स्व. खड्गमान जन्म जयन्तीमा निःशुल्क स्वास्थ्य शिवीर

काठमाडौं, १ पौष । स्वर्गीय प्राध्यापक खड्गमान मल्लको १०८ औं जन्मजयन्तीको अवसरमा शनिबार ललितपुरको सैंबुमा एकदिने निःशुल्क स्वास्थ्य शिवीरको आयोजना गरियो ।

‘रोग लागेपछि उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु’ भन्ने सन्देश दिन आयोजित शिवीरमा स्थानीय २०० जनाको निशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै निशुल्क औषधि वितरण गरिएको थियो ।

स्व. खडग—प्राण संरक्षण सांस्कृतिक गुठीको आयोजनामा भएको सो निःशुल्क स्वास्थ्य शिवीर शुरु गर्नुअघि गुठीका महासचिव एवम् वरिष्ठ शल्य चिकित्सक सहायक रथि डा.मदन मान मल्लले स्व. प्राध्यापक खडगमान मल्लको योगदान बारे चर्चा गर्नुभएको थियो ।

शिवीरमा वरिष्ठ शल्य चिकित्सक सहायक रथि डा. मदन मान मल्लका साथै क्यान्सर, स्त्रीरोग लगायतका वरिष्ठ चिकित्सकहरु डा. किरण मानन्धर, डा. प्रभु शाह, डा. लक्ष्मी आचार्य गौतम र डा. आशिष माली, सिजन चाम्लिंग लगायतले निशुल्क स्वास्थ्य सेवा उपलव्ध गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्