तेक्वान्दो खेल नै राष्ट्रको चिनारी : संयोजक शाही

काठमाडौँ, २९ मङ्सिर । राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा प्रदेश नं. ३ का संयोजक सुदिल शाहीले तेक्वान्दो खेल नै राष्ट्रको चिनारी भएको बताउनुभएको छ ।

आज नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ द्वारा साददोबाटोमा आयोजित थर्ड डान ब्ल्याक बेल्ट ग्रेडिङको समापन कार्यक्रम संयोजक शाहीले राष्ट्रि तथा अन्तर्राट्रिय स्तरमा नेपाललाई चिनाउन तेक्वान्दोको महत्वपूर्ण भूमिका रहेकाले आफु र आफु आवद्ध रहेको संस्थाको तर्फबाट आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

उक्त अबसरमा प्रदेश नं ३ का अध्यक्ष केशव पुरीको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रमको समापन गर्दै यदि मुलुकमा अन्तर्राष्ट्रिय पदक ल्याउने हो भने सरकारले यो खेललाई प्राथमिकता राखेर यसको पुर्वाधार विकास र खेलाडीहरुको मनोवल उच्च राख्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य नोर्बु लामा, हिरा थापा राष्ट्रिय खेलकुद परिषद्का तालिम तथा प्रशिक्षण बिभागका निर्देशक अर्जुन बिक, नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ का पदाधिकारी तथा सदस्यहरु, जिल्ला समितिका अध्यक्ष, खेलाडी तथा प्रशिक्षकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ । ललितपुरको रामबाग महल भनिमण्डलमा बस्ने बैठक तीन दिनसम्म

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा