६ महिनामै ५५ नयाँ कुष्ठरोगको बिरामी फेला

काठमाडौँ, १२ माघ । झापामा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामै ५५ जना नयाँ कुष्ठरोगी फेला परेको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार पुस मसान्तसम्म फेला परेका यी नयाँ बिरामीमध्ये एक जना बालबालिका समेत रहेका छन् ।

जिल्लाका १५ पालिकाहरूमध्ये दमक नगरपालिका र कचनकवल गाउँपालिका कुष्ठरोगबाट सबैभन्दा बढी प्रभावित देखिएका छन् । यी दुई पालिकामा मात्रै १२/१२ जना नयाँ बिरामी भेटिएका छन् । यस्तै शिवसताक्षी, बाह्रदशी र बिर्तामोडमा ५/५ जना, भद्रपुरमा ४ जना, मेचीनगरमा ३ जना तथा बुद्धशान्ति, गौरादह र गौरीगञ्जमा २/२ जना नयाँ बिरामी पहिचान भएका छन्। फेला परेकामध्ये ५३ जनाले अहिले नियमित औषधि सेवन गरिरहेका छन् ।

पछिल्लो पाँच वर्षको तथ्याङ्कले झापामा कुष्ठरोगको ग्राफ लगातार उकालो लागिरहेको देखाउँछ । आर्थिक वर्ष २०७७/७८ मा ९५ जना मात्र बिरामी रहेकोमा गत आर्थिक वर्ष २०८०/८१ सम्म आइपुग्दा यो सङ्ख्या बढेर १४७ पुगेको छ । सङ्क्रमण दर पनि १.०२ प्रतिशतबाट बढेर १.४७ प्रतिशत पुग्नुले जिल्लामा कुष्ठरोग नियन्त्रण बाहिर जान थालेको सङ्केत गर्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । प्रहरीले गोप्य सूचनाका आधारमा लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, ८ भदौ । जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा फरार रहेका झापाका एक प्रतिवादी अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को

काठमाडौँ, ८ भदौ । जङ्गलमा लुकाई छिपाइ राखेको एक थान कटुवा पेस्तोल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बरामद गरेको छ ।

काठमाडौँ, ८ भदौ । कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच महिलालाई पक्राउ गरेको छ ।