काठमाडौँ, २४ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार आलोचनाबाट नडराउनु भन्दै कुनै पनि समचार सम्प्रेषण गर्दा एक पक्षिय हुनुन हुने बताउनुभएको छ ।
प्रेस काउन्सिल नेपालद्वारा काठमाडौँमा आज आयोजित ‘प्रेस काउन्सिल–सानीमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ वितरण समारोहमा बोल्दै मन्त्री बाँस्कोटाले प्रतिफल आउने गरी काम गर्नेतर्फ सरकार लागि परेको जानकारी गराउनेभयो । उहाँले सरकार देश विकास र समृद्धिको बाटोमा अघि बढिसकेको बताउँदै अघि बढ्ने कार्यमा केही कमी कमजोरी हुन सक्ने भन्दै सरकार जानी जानी आफ्नो बदनामी कमाउन कार्य नगरेको दावि गर्नुभयो ।
उहाँले मिडियाले आलोचनालाई मध्यनजर सरकारले गर्ने बताउँदै मिडिया आफैँ प्रतिपक्ष हुनुनहुने बताउनुभयो । उहाँले भन्नुभयो, मिडियाको काम लेख्ने हो, प्रतिपक्ष त अर्कोको काम हो, मिडियाले त तथ्य पस्किनुपर्छ, त्यसको भागिदार सरकार हुने ठाउँमा सरकार वा अरु हुने ठाउँमा अरु हुन्छन् ।”
सरकारले प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताउँदै सञ्चारको क्षेत्रमा समानुपातिक विज्ञापन, पत्रकारको २५ प्रतिशत तलब वृद्धिलगायतका महत्वपूर्ण काम गरेपछि पत्रकार महासङ्घलगायतका सङ्घसंस्थाले नै कार्यान्वयन गर्ने विषयमा गम्भीर हुनुपर्ने बताउनुभयो ।
मन्त्री बाँस्कोटाले काउन्सिलले प्रदान गर्ने यो वर्षको ‘प्रेस काउन्सिल–सानीमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ नयाँ पत्रिका दैनिक र अनलाइन डट कमका सम्पादकद्वय कृष्णज्वाला देवकोटा र अरुण बराललाई प्रदान गर्नुभयो । पुरस्कारको राशि जनही रु दुई लाख ५० हजार रहेको छ ।






