ट्रिटन कलेज उपत्यकाव्यापी विज्ञान प्रर्दशनीमा प्रथम

काठमाडौँ, २३ मङ्सिर । किस्ट कलेजद्धारा शनिबार सो कलेज हाता कमलपोखरीमा आयोजित विज्ञान तथा प्रविधि प्रदर्शनीको पहिलो पुरस्कार ट्रिटन इन्टरनेशनल कलेज सुविधानगरले जित्न सफल भएको छ ।

राजधानीका २० वटा कलेजले भाग लिएको सो प्रर्दशनीमा ट्रिटन इन्टरनेशनल कलेजका विज्ञान विषयका विद्यार्थीहरुले बनाएको एन्टि रेप ग्याजेट अर्थात वलात्कार रोक्न उपयोगी सामाग्रीले पहिलो पुरस्कार जितेको हो ।

कुनैपनि ठाउँमा हुनसक्ने संभावित वलात्कारका घटनालाई रोकथाम गर्न किशोरी, युवती र महिलाहरुको घडी, जुत्ता, ब्याग लगायत जुनसुकै सामानमा फिट गरिने सानो क्यामेरा र सेन्सरले सेटलाईटमार्फत घरपरिवार, आफन्त या नजिकको प्रहरीलाई सुचित गर्न सक्ने सो ग्याजेटको विशेषता छ ।

ट्रिटन इन्टरनेशनल कलेजका विज्ञान विषयका विद्यार्थीहरु अन्वेश अधिकारीको नेतृत्वमा रहेको ११ सदस्यीय विज्ञान विषयका विद्यार्थीहरुमा इलिया फतामा, सूचक दाहाल, रश्मी जिरेल, अशिम अधिकारी, नविन धिताल, रेजिना दाहाल, नविन श्रेष्ठ, विनोद भण्डारी र ऋतेश रायले सो ग्याजेट बनाएका थिए ।

विजयी विद्यार्थीलाई आयोजक किस्ट कलेजका प्रिन्सिपल डा.डम्वर सिंह ऐर, कार्यकारी निर्देशक इन्द्रप्रसाद सुवदी, राष्ट्रिय परीक्षा वोर्डका प्रमुख, दुर्गा अर्याल र राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा.भिमदेव भट्टले विजयी विद्यार्थीहरुलाईट्रफि, पदक र प्रमाणपत्र तथा विजयी कलेजलाई टोकन अफ लभ वितरण गर्नुभएको थियो ।

आइतबारट्रिटन कलेजमा आयोजित एक विशेष कार्यक्रममा ट्रिटन इन्टरनेशनल कलेजका कार्यकारी अध्यक्ष विश्वनाथ प्रसाद शाहले विजयी विद्यार्थी टोलीलाई वधाई दिनुभयो भने कलेजको तर्फबाट खुसीयाली मनाइएको थियो ।

वधाई कार्यक्रममा कलेजकाकार्यकारी निर्देशक डा.शम्भुकुमार दास, कलेजका भाइस प्रिन्सिपल श्रीकृष्ण विष्ट, प्रशासन विभागका प्रमुख ऋतु न्यौपाने, विज्ञान विभाग संयोजक नविनकुमार लाल कर्ण, अतिरिक्त कृयाकलाप÷योजना प्रमुख कुमार थापा, अतिरिक्त कृयाकलाप इन्चार्ज मनिष बस्नेतलगायतले विजयी विद्यार्थी टोलीलाई वधाई दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ११ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल

काठमाडौँ, ११ भदौ । हिमाली जिल्ला मुस्ताङमा स्याउ टिप्ने कार्य तालिका सार्वजनिक गरिएको छ । छिटो पाक्ने स्याउ यही भदौ

काठमाडौँ, ११ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ११ भदौ । सामाजिक विकासका लागि सरकार तथा गैरसरकारी संस्थासँगै व्यवसाय, समुदाय र आम नागरिकको संयुक्त सहभागिता आवश्यक रहेकोमा