स्याउ टिप्ने कार्य तालिका सार्वजनिक

काठमाडौँ, ११ भदौ । हिमाली जिल्ला मुस्ताङमा स्याउ टिप्ने कार्य तालिका सार्वजनिक गरिएको छ ।

छिटो पाक्ने स्याउ यही भदौ १५ गतेदेखि टिप्नुपर्नेछ । यस्तै ढिलो पाक्ने स्याउ भने यही भदौको चौथो सातापछि मात्रै टिप्न पाइने तालिका तय गरिएको हो ।

उक्त कार्य तालिका कार्यान्वयनमा लैजान सबै स्थानीय तह, कृषक र व्यापारीलाई अनुरोध गरिएको कृषि तथा पशु सेवा विकास कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङका किसानले स्थानीय र हाइब्रिड स्याउ खेती गर्दै आएका छन् ।

अग्रिम रूपमा पैसा बुझाएका व्यापारीले स्याउ टिप्न हतार गरेपछि जिल्ला समन्वय समितिले छलफल गरेर कार्य तालिका तय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर