स्याउ टिप्ने कार्य तालिका सार्वजनिक

काठमाडौँ, ११ भदौ । हिमाली जिल्ला मुस्ताङमा स्याउ टिप्ने कार्य तालिका सार्वजनिक गरिएको छ ।

छिटो पाक्ने स्याउ यही भदौ १५ गतेदेखि टिप्नुपर्नेछ । यस्तै ढिलो पाक्ने स्याउ भने यही भदौको चौथो सातापछि मात्रै टिप्न पाइने तालिका तय गरिएको हो ।

उक्त कार्य तालिका कार्यान्वयनमा लैजान सबै स्थानीय तह, कृषक र व्यापारीलाई अनुरोध गरिएको कृषि तथा पशु सेवा विकास कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङका किसानले स्थानीय र हाइब्रिड स्याउ खेती गर्दै आएका छन् ।

अग्रिम रूपमा पैसा बुझाएका व्यापारीले स्याउ टिप्न हतार गरेपछि जिल्ला समन्वय समितिले छलफल गरेर कार्य तालिका तय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको