खेलाडी आर्थिक तथा पर्यटकिय विकासको आधारस्तम्भ, राज्यले ध्यान दिनुपर्छ : रेफ्री ढकाल

काठमाडौँ, २० मङ्सिर । नेपालको सवैभन्दा कम उमेरमा तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल हुनुभएका दिपेन्द्र ढकालले नेपाललाई विश्व सामु चिनाउन मूख्य भूमिका खेल्ने खेलाडीलाई राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

समाज र राष्ट्रका गहनाका रुपमा रहेका खेलाडीले देशलाई विश्वसामु चिनाउनमात्र नभई देशको आर्थिक, पर्यटकिय विकासमा अतुलनिय योगदान रहेको उहाँले बताउनुभयो । अन्तर्रारष्ट्रिय रुपमा भाइचारको सम्बन्ध विस्तार हुने भएकाले लोकतान्त्रीक गणतन्त्रमा सरकारले खेलकुद क्षेत्रको लागि आवश्यक मात्रामा विकास र विस्तारलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपालमा खेलाडीको बाध्यतालाई सम्झदै उहाँले भन्नुहुन्छ, ‘खेलाडी भएर पाएको राम्रो कुरा नै सम्झन मन लाग्छ । बेलाबेलामा भने भविष्यका बारेमा सोचेर अहिले पनि सोच्छु । त्यस्तो बेला खेलाडी भएर बाँच्न कठिन छ भन्ने नै लाग्छ । तर देशमा खेलाडीहरुको हौसला र सम्मानको लागि र खेलपछिको उनीहरुको भविष्य प्रति राष्ट्र चिन्तित नहुँदा कतिपय खेलाडीहरु विदेशीन बाध्य भएको देख्दा दुःख लाग्छ । त्यसैले खेलाडीहरुको लागि पनि राज्यले ध्यान दिनु जरुरी छ ।’

उहाँले भन्नुभयो, ‘धेरैले खेल बुझेका हुन्छन् तर खेलको नियम बुझेका हुँदैनन् । खेलको नियम बुझ्ने र खेल बुझ्नेलाई थाहा हुन्छ प्रशिक्षकको महत्व । अझ तेक्वान्दो खेलमा खेलाडीले सबैभन्दा विश्वासिलो र आर्दश व्यक्तिनै प्रशिक्षक हुन्छन् । तेक्वान्दो खेलमा खेलाडी बन्नुभन्दा प्रशिक्षक बन्नु सबैभन्दा गाह्रो कुरा हो । प्रशिक्षक बन्नको लागि निरन्तर साधनको जरुरत पर्दछ । जब एउटा प्रशिक्षक बन्छ । उसलाई प्रशिक्षक बन्नेको भन्दा हजारौं गुणा धेरै साधना मेहिनत र कर्तव्य पालन गर्नु पर्छ निर्णायक बन्नको लागि । अझ नेपाली सेनाभित्र रहेर निर्णायक बन्नु भनेको फलामको च्युरा चपाउनु जस्तै हो ।’

त्रिभुवन विश्व बिद्यालयबाट राजनीतिक शास्त्रमा स्नाकोत्तर गर्नुभएको उहाले खेल जीवनहुँदै अन्तराष्ट्रिय निर्णायक २०५७ सालमा लालीगुराँस तेक्वान्दो डोजाङ कुशादेवीबाट तेक्वान्दो खेल जीवन सुरुवात गर्नुभएका उहाले २०६७ देखि आर्मी क्लवमा प्रवेश गर्नुभएको थियो । नेपाली सेनामा प्रवेश गरेसँगै उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागीता मात्रै जनाउनुभएन कि आफूलाई उपाधीको दावेदार समेत बनाउनुभयो । २०७१ देखि विभिन्न प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गरि हालसम्म दर्जनौं भन्दा बढी राष्ट्रिय खेल संचालन गर्न सफल हुनुभएको छ भने आगामी दिनमा समेत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेत निर्णायकको भूमिका निर्वाह गर्ने जनाउनुभएको छ । त्यस्तै उहाले खेल जीवन हुदै अन्तर्राष्ट्रिय निणायकको लाइसेन्स समेत हात पार्न सफल हुनुभएको थियो ।

चिनमा पुगेर निर्णायक वसी  चिनको Wuxi शहरमा २० जुलाई २०१८ देखि २३ जुलाई २०१८ सम्म भएको तेक्वान्दो खेलको अन्र्तराष्ट्रिय निर्णायक सेमिनारमा सहभागी भई उत्तिर्ण हुन सफल हुनुभयो । नेपाली सेनाबाट ३६ बर्ष पछि तेक्वान्दो खेलको एकमात्र अन्र्तराष्ट्रिय निर्णायक बन्न सफल भएका उनी सहभागी भएको सेमीनारमा नेपालबाट ६ जना सहभागी भएकोमा उनी मात्रै निर्णायक बने । तेक्वान्दोको चौंथो डान प्राप्त उनी हाल सैनिक स्कुल भक्तपुरमा तेक्वान्दो प्रशिक्षण गराईरहनुभएको छ ।

खेलकुदलाई आफ्नो जीवन ठान्ने रेफ्री ढकालले भन्नुभयो, ‘सफलताको श्रेय करिब दुई दर्जनभन्दा बढी राष्ट्रिय खेलहरुमा निर्णायकको भूमिकानिर्वाह गरिसकेपछि अग्रज गुरुहरुको प्रेरणा हौसला र मेरो हरेक अभियानहरुमा सफल र सबल बनाइदिनुहुने सम्पूर्ण गुरुवर्गहरु, सहयात्री मित्रहरु, आफन्तजनहरु, मेरो जन्मदाता आमा बुवा, मेरो खुट्टा समातेर तेक्वान्दो खेल सिकाउनुहुने आदरणीय गुरु बिनोद थापा, रामचन्द्र कर्माचार्य गुरु र अन्तराष्ट्रिय क्षेत्रमा प्रवेश गर्न हौसला दिने मेरा सम्पूर्ण अग्रज गुरुहरु तथा नेपाल आर्मीक्लव, नेपाल तेक्वान्दो संघ तथा मेरो कडा मेहनत र दृढ आत्मविश्वास नै मेरो सफलताको स्रोत हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौंडा, ९ असार । खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१८ सुकौराका ३७ वर्षीय

झापा, ९ असार । झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री

काठमाडौँ, ९ असार । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

भक्तपुर, ९ असार । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक