चाँगुनारायण नगरपालिकाद्वारा दोहोरो कर स्थगन

भक्तपुर, १९ मङ्सिर । पछिल्लो समय स्थानीय सरकारले कर बढाएको व्यापक विरोध आइरहेको समयमा भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाले पर्यटकिय स्थल नगरकोट जाने पर्यटकलाई लगाउँदै आएको कर स्थगन गरेको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिकाले गतवर्षदेखि र काभ्रेको मण्डनदेउपुर नगरपालिका असोज २९ गतेदेखि आ–आफ्नो स्थानमा पर्यटकसँग कर लिर्दैं आएका थिए ।

उक्त पर्यटकियस्थल जान पर्यटकले दोहोरो कर तिर्दै आउनुपरेको थियो । फरक–फरक सडक भएर नगरकोट जाने पर्यटकहरुसंग तेलकोट, कलमसी र नगरकोट चोक नजिकै तिन स्थानमा चाँगुनारायण नगरपालिकाले लिदैं आएको प्रवेश शुल्क हाललाई नलिने निर्णय गरेको छ । त्यस्तै चाँगुनारायण मन्दिर जाने पर्यटकसँग भने प्रवेश कर यतावत रहने चाँगुनारायण नगरपालिकाले जानकारी दिएको छ ।

चाँगुनारायण नगरपालिका नगरप्रमुख सोमप्रसाद मिश्रले भन्नुभयो ‘नगरपालिकाको बैठकबाट नै हामी २५ गते मंगलबारदेखि कर नलिने निर्णय गरेका छौं ।’

उता मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाइवाले चाँगुनारायण नगरपालिकाको आधिकारीक धारणा आएपछि मात्र अरु निर्णय गरीने जानकारी दिनुभएको छ ।

दुई स्थान कर लागु भएसँगै नगरकोट जाने सार्क राष्ट्रका पर्यकटहरुले ४ सय २६ र बाहिरकाले ६ सय ३९ रुपैयाँ तिदैं आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडौँ, ९ कार्तिक । झापाको मेचीनगर नगरपालिका-६ रमाईलो टोल बस्ने भीम कुमार केसीको घरबाट आज बिहान विभिन्न धनमाल चोरी भएको छ। 

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’