३० किलो गाँजासहित ५ जना पक्राउ

महोत्तरी, २८ असोज । माहोत्तरीबाट ३० केजी गाँजासहित ५ जना समातिएका छन् । 

बर्दिवास-४ स्थित पञ्चधुरा मन्दिर क्षेत्रबाट झाडीमा लुकाइराखेको १० केजी र मनराशिसवा-२ भोल्हीबाट २० केजी गाँजासहित ५ जना पक्राउ परेको प्रहरीले जनाएको छ । सर्लाही हरिवन-४ का २३ वर्षका डेनिस घिसिङ, २९ वर्षका राज बुलन, जनकपुर उपमहानगरपालिका-२ का वर्ष २६ का धिरण यादव, वर्ष २४ का उमेश यादवलाई पञ्चधुराबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिए ।

त्यस्तै, सरपल्लोबाट भोल्हीतर्फ जाने क्रममा अनटेस्ट लेखिएको पल्सर बाइक जाँच गर्दा फेला परेको ४ पोका (२० केजी) गाँजासहित महोत्तरी सोनमा-१ बस्ने ३१ वर्षका रामभरोस यादवलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धादिङ, २८ असोज । खेलकुद र पर्यटन हाम्रो पहिचान : खेलकुद विकास र समृद्धिको अभियान भन्ने नाराका साथ १२ औं

काठमाडौँ, २८ असोज । टी–२० विश्वकप एशिया छनोटको सुपर ६ मा कतारलाई हराएसँगै नेपाल टी–ट्वान्टी विश्वकप नजिक पुगेको छ ।

काठमाडौँ, २६ असोज । आईसीसी विश्वकप एयिसा–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध प्रतिस्पर्धा गर्दै छ

काठमाडौँ, २५ असाेज । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ