नेपाल टी–२० विश्वकप छनोटको नजिक

काठमाडौँ, २८ असोज । टी–२० विश्वकप एशिया छनोटको सुपर ६ मा कतारलाई हराएसँगै नेपाल टी–ट्वान्टी विश्वकप नजिक पुगेको छ ।

हिजो भएको खेलमा नेपालले कतारलाई ५ रनले हरायो । नेपालले दिएको एक सय ४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा एक सय ४२ मा अल आउट भयो ।

सन्दीप लामिछानेले ३ ओभर ५ बल बलिङ गर्दा १८ रन खर्चेर ५ विकेट लिए । टी–२० अन्तर्राष्ट्रिय एकै खेलमा ५ विकेट लिएको सन्दीप लामिछानेको यो दोस्रो पटक हो । त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो ।

सुपर ६ मा  नेपालको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा नेपालले यूएईलाई १ रनले हराएको थियो । सुपर ६ मा नेपाल र ओमानको समान ६ अंक छ । नेपालले भोलि ओमानसँग खेल्नेछ । भोलिको खेल विश्वकप छनोटका लागि निर्णायक बन्नेछ । नेपालले अन्तिम खेल आउँदो शुक्रवार सामाओसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो