‘खेलकुद र पर्यटन हाम्रो पहिचान, खेलकुद विकास र समृद्धिको अभियान’: १२औं अनकन्या कप-२०८२ हुँदै

धादिङ, २८ असोज । खेलकुद र पर्यटन हाम्रो पहिचान : खेलकुद विकास र समृद्धिको अभियान भन्ने नाराका साथ १२ औं अनकन्या कप – २०८२ आयोजना हुँदै छ ।

लगनशील युवा क्लबको आयोजनामा ज्वालामुखी–७ धारापानीमा आगामी कार्तिक ३ गतेदेखी ९ गतेसम्म सञ्चालन हुने उक्त फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा विजेता टोलीले १ लाख २५ हजार रुपैयाँसहित कप र मेडल प्राप्त गर्नेछ भने उपविजेता टोलीले ६० हजार रुपैयाँसहित मेडल पाउनेछन् । साथै उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ, उत्कृष्ट गोलरक्षकलाई ४ हजार रुपैयाँ, र सर्वाधिक गोलकर्ता खेलाडीलाई ४ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताइएको छ ।

टीम दर्ताको लागि कार्तिक १ गते १ बजेसम्म गर्न सकिने तथा दर्ता शुल्क रु १० हजार रहेको समाजसेवी बाबु छत्कुलीले जानकारी दिनुभयो । आयोजकले प्रतियोगितामा सहभागी हुन चाहने संघसंस्थालाई समयमा नै दर्ता गराउनुहुन आग्रह गरेको छ । कार्यक्रमको बारे थप जानकारीका लागि खेलसम्बन्धी सम्पर्कका लागि आशिष छत्कुली (९८६०८००३३६), बैकुण्ठ थापा र कृष्ण गिंदेल (९७४५३७५२९७) लाई सम्पर्क गर्न सकिने छ । हालसम्म १४ टीमले दर्ता गराई सकेको समाजसेवी छत्कुलीले जानकारी गराउनुभयो । त्यस्तै प्रतियोगिताको लागि खेलप्रेमी महानुभवहरुले आर्थिक तथा विभिन्न प्रकारका सामग्रीहरुको सहयोग गरिरहनुभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि