निर्मलाको हत्यारालाई केही दिनमा नै कारबाही गर्छौँ : प्रवक्ता विश्वकर्मा

कालिकोट, १८ मङ्सिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलत्कारी र हत्यारालाई केही दिनमा नै आफ्नो पार्टीले कारवाही गर्ने बताउनुभएको छ ।

उहाँले अपराधीलाई सरकारले नै संरक्षण गरेको भन्दै निर्मलाको घटना राज्यको पहुँच भन्दा बाहिरको नभएको दावि गर्नुभएको छ ।

सरकारले चार महिनासम्म एउटा अपराधिक घटनाको दोषीलाई कारबाही गर्न नसक्नु दुःखद् भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्मला नेपाली एक छोरी हो। घटनाको वास्तविकता बाहिर नआउनु राज्यकै अपमान हो’ जुन कुरा सरकारले गर्न सकेन । अब हामी गरेर देखाउछौँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जनकपुरधाम, ९ भदौ । मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८उद्योग व्यापार बन्द भएका

काठमाडौँ, ९ भदौ । भोजपुरमा कोदोको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । खेतीका लागि उपयुक्त जमिन र हावापानी

काठमाडौँ, ९ भदौ । बागलुङमा पछिल्लो दुई महिनामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेर ६४६ पुगेको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ९ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Currency Unit