नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ द्वारा खेलाडी सम्मानित

काठमाडौँ, १७ मङ्सिर । अन्तराष्ट्रिय प्रतियोगितामा राष्ट्रको शिर उच्च राख्ने सन् २००२ भुषण कोरिया एसियन खेलमा कास्य पदक ८औं र ९औं दक्षिण एसियाली खेलमा स्र्वण लगायत धेरै पदक विजेता रेणुका मगर, मलेसियाको राजधानी क्यालालम्पुरमा कास्य पदक विजेता तथा विभिन्न अन्तराष्ट्रिय सहभागिता जनाउनुभएको सुदर्शनमान रञ्जित तथा एशियन तेक्वान्दो चेम्पियनसिपमा कास्य पदक विजेता लगायत अन्य अन्तराष्ट्रिय च्याम्पीयनसिपमा सहभागिता जनाई सकेकी रिता श्रेष्ठ रञ्जितलाई सम्मान गरेको हो ।

नेपाल तेक्वान्दो संघ प्रदेश नं तीनले आज प्रदेश कार्यालय मानभबनमा आयोजना गरेको उक्त कार्यक्रममा खेलकुदको माध्यमले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिर परिचित गराउन सफल हुनुभएका खेलाडिलाई सम्मान गरेको हो । सम्मानित तीनै जना हाल अमेरिकामा बसोवास गरिरहनुभएको छ ।

प्रदेश संघले देशको नाम राख्न सफल भएका सम्पूर्णलाई खेलाडीलाई क्रमिक रुपमा सम्मान गर्दै लैजाने बताएको छ । खेलकुदको माध्यमले देश विकास तथा आर्थिक उपार्जनको एक महत्वपूर्ण पक्षको रुपमा रहने भन्दै खेलकुद विकासले आम नेपाली युवाहरुको भाग्य र भविष्यको निर्धारण समेत हुने बताइएको छ ।

राष्ट्रको गहनाको रुपमा रहेका खेलाडीहरुलाई आत्मसम्मान तथा हौसला प्रदान गरी खेलप्रति जागरुक गराउनु वर्तमान समयमा तीन तहका सरकारको मुख्य कार्य हुने बताइएको छ । भविष्यमा पनि अन्तराष्ट्रिय पदक विजेताहरुलाई सम्मान गर्दै लैजाने कार्ययोजना सहित प्रदेश तीनको योजना रहेको जानकारी गराइएको छ ।

प्रदेश संघको अध्यक्ष केशव पुरीको सभापतित्वमा प्रमुख अतिथि दक्षिणकाली नगरपालिकाका उपप्रमुख तथा प्रदेश संघ सदस्य वसन्ती तामाङ डङ्गोल रहनुभएको थियो । कार्यक्रममा अतिथि पूर्वनेपाल प्रहरी आइजीपि तथा नेपाल तेक्वान्दो संघ प्रदेश नं. तीनका उपाध्यक्ष माधव नेपाल, प्राध्याध्यापक तथा नेपाल तेक्वान्दो संघ प्रदेश नं. ३ का उपाध्यक्ष प्रकाश खड्गी, पूर्वसिनियर तेक्वान्दो प्रशिक्षक ईश्वरमान बज्रचार्य, समाजसेवी अनिल गुरुङ, नेपाल तेक्वान्दो संघ केन्द्रीय पदाधिकारी सदस्य श्याम डङ्गोल, नेपाल तेक्वान्दो संघ केन्द्रीय पदाधिकारी सदस्य कविराज खड्गी, नेपाल तेक्वान्दो संघ प्रदेश तीनका सदस्य राजेश पजापती लगायत सम्पूर्ण प्रदेश पदाधिकारी जिल्ला अध्यक्ष तथा दोजाङ प्रमुखको उपस्थितीमा सो सम्मान कार्यक्रम सम्पन्न भएको प्रदेश तीनका सचिवालयका सचिव तथा प्रदेश तीनका सदस्य विक्रम खड्गीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा