गुगललाई साढे ४२ करोड डलर जरिवाना

एजेन्सी, १९ भदौ । अमेरिकाको एक संघीय अदालतले गुगललाई साढे ४२ करोड डलर जरिवाना तिर्न आदेश दिएको छ ।

करौंडौं प्रयोगकर्ताका डेटा थुपारेर गोपनियता उल्लंघन गरेको मामिलामा उक्त जरिवाना तिर्न आदेश दिएको हो ।

आफ्नो गुगल खातामा प्रयोगकर्ताले ट्र्याकिङ फिचर अफ गर्दा गर्दै पनि कम्पनीले डेटा संकलन गरेको पाइएपछि यो जरिवाना तिराइएको हो । कम्पनीले प्रयोगकर्ताको मोबाइल उपकरणमा पहुँच बनाएर आफ्नो डेटा जम्मा पारेको, सेभ गरेर राखेको अनि त्यसलाई प्रयोग गरेको दाबी गर्दै प्रयोगकर्ताले कम्पनीमाथि हालेको मुद्दाको सुनवाइ गर्ने क्रममा यो फैसला आएको हो । 

यस मुद्दामा प्रयोगकर्ताले ३१ अर्ब डलरभन्दा बढीको क्षतिपूर्ति माग गरेका थिए । यो निर्णयले कम्पनीको प्रडक्टले कसरी काम गर्छ भन्ने कुरा गलत तरिकाले बुझेको भन्दै यसको विरुद्ध पुनरावेदन अदालतमा जाने गुगलले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदाै । विनाशकारी बाढी र पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति बेहोरिरहेको नेपाललाई सहयोग गर्न चीन सरकारले

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने भएको छ । कांग्रेस संसदीय दलका अनुसार भोली बिहान ११

काठमाडौँ, १४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीको विपदमा उद्धार र राहतको विषयमा अहिलेसम्म

काठमाडौँ, १४ भदौ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको क्षेत्रमा वाग्मती प्रदेश सरकारले उद्धार, राहत र