एजेंसी १३, मंसिर । भारतमा सुरु भएको हकी विश्वकपमा भारतले दक्षिण अफ्रिकालाई हराएको छ ।
बुधबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई भारतले ५–० गोल अन्तरले विजयी भएको हो ।
भारतका लागि १०औं मिनेटमा मनदीप सिंहले गोल गरेका थिए । पेनाल्टी कर्नरमा रिफ्लेक्ट भएको बललाई सानदार तरिकाले गोलमा परिणत गरेका थिए ।
यसैगरी १२ औं मिनेटमा आकाशदीपले दोस्रो गोल गरे । सिमरनजीतले ४३औं तथा ४६औं मिनेटमा लगातार २ गोल गर्दा ४५ औं मिनेटमा ललित उपाध्यायले गोल गरेका थिए ।






