अमेरिकाको चर्चमा गोलाबारी हुँदा दुई महिलाको मृत्यु

केन्टकी, ३० असार । केन्टकीस्थित एक चर्चको परिसरमा भएको गोलाबारीमा दुई महिलाको मृत्यु भएको पुष्टि भएको छ । घटनामा अन्य दुई जना पुरुष घाइते भएका छन् ।

यो घटना एक बन्दुकधारीले एक प्रहरी अधिकारीलाई गोली हानी घाइते बनाएपछि सुरु भएको थियो। अधिकारीहरूका अनुसार, संदिग्धले ट्राफिक जाँचका क्रममा एक स्टेट ट्रुपरलाई गोली हानेका थिए । 

त्यसपछि उनले एक गाडी अपहरण गरी लेक्सिङटनस्थित रिचमण्ड रोड ब्याप्टिस्ट चर्चतर्फ गए, जहाँ उनले भक्तजनहरूमाथि गोली चलाए । पछि प्रहरी कारबाहीमा आक्रमणकारी पनि मारिएका थिए ।

काउन्टी कोरोनरको कार्यालयका एक अधिकारीले मृतक दुई महिलाको पहिचान खुलाएका छन् । उनीहरू ७२ वर्षीया बेभर्ली गम र ३२ वर्षीया क्रिस्टिना कम्ब्स रहेको बताइएको छ । उनीहरू दुवैलाई घटनास्थलमै मृत घोषित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, एकता, मेलमिलाप र समावेशी लोकतन्त्रको प्रवद्र्धनमा सामुदायिक रेडियोले खेलेको भूमिका नेपालमा

काठमाडौँ, १० भदौ । युरोपियन युनियनको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजना अन्तर्गत तीन प्रदेशका नौ स्थानीय तहको फोहोरमैला

काठमाडौँ, १० भदौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५ औँ महाधिवेशनको जारी प्रक्रिया रोक्न सर्वोच्च अदालतबाट अन्तरिम आदेश

काठमाडौँ, १० भदौ । उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि २७ वर्षदेखि बन्द ऐतिहासिक वीरगन्ज चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन अघि बढेको