मस्कले ल्याए ‘एक्सएआई’को नयाँ मोडल

क्यालिफोर्निया, २६ असार । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले बिहीबार आफ्नो एआई स्टार्टअप ‘एक्सएआई’को नयाँ मोडेल ‘ग्रिक ४’ सार्वजनिक गरेका छन् ।

यसलाई ओपनएआई र गुगल जस्ता प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्ने दिशामा ठुलो कदम मानिएको छ । माइक्रो ब्लगिङ वेबसाइट एक्समा मस्कको एआई प्रणालीले यहुदी विरोधी र हिटलरको प्रशंसा गर्ने जवाफ दिएपछि विवाद उत्पन्न भएको समयमा यो मोडल आएको हो । 

मस्कले बिहीबार राति लाइभस्ट्रिममा ग्रिक ४ को घोषणा गरेका थिए । यो मोडेलसँग शैक्षिक विषयहरूमा पीएचडी भन्दा राम्रो भएको र सबै विषयहरूमा स्नातकोत्तर स्तर ज्ञान भएको उनले बताए । ‘ग्रिक ४ हरेक विषयमा स्नातकोत्तर स्तरमा छ । कुनै अपवाद छैन,’ मस्कले भनेका थिए । 

प्रयोगकर्ताहरूले प्रति महिना ३० डलरको सदस्यता लिएर वेबसाइट वा एप मार्फत ग्रोक ४ चलाउन सक्नेछन् । यसको ठुलो संस्करण ग्रिक ४ हेभीको मूल्य प्रति महिना ३०० डलर छ । वर्षको अन्त्यसम्ममा एक्सएआईले कोडिङ र भिडियो उत्पादन जस्ता कार्यका लागि विशेष मोडेलहरू प्रस्तुत गर्ने पनि मस्कले बताएका छन् । एआई सत्य पत्ता लगाउन अनुकूलित हुनुपर्छ र यो इमानदार र नैतिक हुनुपर्ने पनि मस्कले बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ

मुस्ताङ, १५ कार्तिक । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा रु ११ अर्ब ४५

काठमाडौँ, १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सादा पोसाकका प्रहरी न्युज रुममा पुगेर सञ्चारकर्मीमाथि धरपकड गरेको घटनालाई

काठमाडौँ, १४ कार्तिक । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ। समितिका अनुसार साविकको