नेपालले अपनाउनुपर्ने महेश बस्नेतको ‘विकास मोडल र कार्य’

नेपालको राजनीतिमा केही नेताहरू यस्ता हुन्छन्, जो केवल विकासका ठूला भाषण गर्नमा सीमित हुँदैनन्, तर त्यो भाषणलाई व्यवहारमा पनि रूपान्तरण गर्छन् । तिनैमध्ये एक प्रभावशाली नाम हो—महेश बस्नेत । भक्तपुरको विकासमा क्रियाशील रहँदै उहाँले भौतिक पूर्वाधार सुदृढिकरणसँगै सामाजिक चेतना र आध्यात्मिक चेतनाको प्रवाहलाई पनि समान दिनुभएको छ । केहि उदाहरणहरु तल दिइएको छ ।

भौतिक विकासमा अग्रगामी कदमहरू

महेश बस्नेतले सांसद पदमा रहेर भक्तपुर जिल्लामा विगत केही वर्षमा उल्लेखनीय भौतिक पूर्वाधारको विकास गराउनु भएको छ । उहाँले विशेषतः निम्न क्षेत्रहरूमा विशेष योगदान दिनुभएको छ, सडक, पुल र करिडोर निर्माण: भक्तपुर जिल्लाभित्रका ६०+ सडक परियोजनाहरू, हनुमन्ते करिडोर, मनोहरा पुलजस्ता ठूला योजनाहरू कार्यान्वयनमा ल्याइएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन: स्वच्छ पानीका लागि नयाँ स्रोतहरूको विकास, ड्याम निर्माण तथा ढल निकास व्यवस्थामा आधुनिकिकरण भएको छ ।

स्वास्थ्य तथा शिक्षा

वीर अस्पतालको उपशाखा, छाती रोग केन्द्र र शैक्षिक संस्थाहरूको स्तरोन्नति गर्दै गुणस्तरीय सेवा प्रणालीको सुदृढिकरण भएको छ ।

स्मार्ट सिटी अवधारणा

उज्यालो भक्तपुर, डिजिटल सूचना प्रणाली, सोलार बत्ती र सुलभ यातायात व्यवस्थापनतर्फ अग्रसरता । यी योजनाहरूले भक्तपुरको भौतिक स्वरूप मात्र बदलिएको छैन, जनताको जीवनशैलीमा पनि गुणात्मक परिवर्तन ल्याएको छ ।

आध्यात्मिक विकास

हाम्रो देशका धेरै नेता ‘विकास’ भन्नासाथ केवल सडक, भवन र बजेट सम्झन्छन्, त्यहाँ महेश बस्नेतले मानव विकासको आत्मिक पक्ष—अर्थात् आध्यात्मिकतालाई पनि उत्तिकै प्राथमिकता दिनुभएको छ । उहाँले निम्न बुँदाहरूमा उल्लेख्य कार्यहरू गर्नु भएको छ  ।

धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण सूर्यविनायक मन्दिर, चाँगुनारायण, अनन्तलिङ्गेस्वर अनन्त कुण्ड तथा सिपाडोलका पुरातात्विक संरचना जस्ता स्थानहरूको सरसफाइ, पुनर्निर्माण र प्रवर्द्धनमा जोड दिनुभएको छ ।

तीर्थयात्रा र जनचेतना अभियान

भक्तपुरलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यले सडक पहुँच, होमस्टे र मार्गदर्शक संरचनामा सुधार गरिएको छ भने भक्तपुरमा अवस्थित सम्पूर्ण शिवालयहरुलाई जोड्न शिव सर्किटको परिकल्पनाले मुर्तरुप लिन लागेको छ ।

नैतिक र आध्यात्मिक चेतनाको अभिवृद्धि

विद्यालयस्तरमै ध्यान, योग, र नैतिक शिक्षा सुरु गर्ने सोच, युवा पुस्तामा संस्कार निर्माण गर्ने दीर्घदृष्टि राखिएको विकासलाई राष्ट्र र धर्मसँग जोड्ने प्रयास उहाँले राष्ट्रप्रेम, सांस्कृतिक गौरव, र सनातन मूल्यहरूको संरक्षणलाई आफ्ना भाषण र कार्यक्रमहरूमा निरन्तर जोड दिँदै आउनु भएको छ ।

समन्वयकारी दृष्टिकोण: सन्तुलनको राजनीति

महेश बस्नेतको राजनीति कुनै एकपक्षीय सोचमा आधारित छैन । उहाँले “सडक बनाउने हातहरूले मन्दिर पनि संरक्षण गर्न सक्छन्” भन्ने सन्देश दिएको पाइन्छ । जहाँ स्मार्ट सिटीको डीपीआर तयार भइरहेका छन्, त्यही स्थानमा पूजास्थलको मूल स्वरूप बिग्रन नदिने उहाँको सतर्कता पनि छ ।

उहाँको दृष्टिमा भौतिक पूर्वाधारले समाजलाई सुविधा दिन्छ भने आध्यात्मिक चेतनाले समाजलाई दिशा दिन्छ । दुवै बिना राष्ट्र निर्माण अधुरो हुन्छ । आज भौतिक सम्मुनतीले चुलिएको अमेरीका जस्तो देश अध्यात्मबिनाको हुनाले प्रतिदिन सैयौ मानिसहरु गोलीको शिकार आत्मघाती आक्रमणको शिकार भएको तथ्यलाई उहाँले नजिकबाट नियालेर विकासको फरक दृष्टिकोणसहित कार्यान्बयन गरिरहनु भएको छ ।

अन्त्यमा

महेश बस्नेत आधुनिक नेपालका ती नेतामध्ये एक हुनुहुन्छ, जसले विकासलाई केवल ठोस संरचनासँग होइन, संस्कार, मूल्य र चेतनासँग पनि जोडेर हेर्नुहुन्छ । भक्तपुरमा सडक बनिरहेका छन्, स्मार्ट लाइट बलिरहेका छन्, स्वास्थ्य सेवा विस्तार भइरहेका छन् । तर सँगै मठ–मन्दिर, गुठी, धर्म, र संस्कृतिको मूल आत्मा पनि जगेर्ना भइरहेका छन् । त्यसैले भन्न सकिन्छ – महेश बस्नेतको विकास मोडल सन्तुलनको नमूना हो, जहाँ विज्ञान र धर्म, सुविधा र संस्कार, भौतिकता र अध्यात्म एकै बाटोमा हिंडिरहेका छन् ।

भक्तपुर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ जेठ । सल्यानमा आठ थान भरुवा बन्दुक बरामद गरिएको छ । प्रहरीका अनुसार बन्गाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक

काठमाडौँ, १९ जेठ । काठमाडौँको ठमेलमा अवैध गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।  काठमाडौँ उपत्यका

काठमाडौँ, १९ जेठ । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति जिप

काठमाडौँ, १९ जेठ ।कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कैलालीमा लम्कीचुहा नगरपालिका–६