झापा, ६ मंसिर । अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले अबको लडाइँ विकास र समृद्धिका लागि हुने बताएका छन ।
बिहीबार झापाको गौरादह नगरपालिकामा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) द्वारा संयुक्त रुपमा आयोजित सहिद स्मृति सभालाई सम्बोधन गर्दै तामाङले अबको लडाइँ विकास र समृद्धिका लागि हुने साथै ‘हाम्रो पुस्ता नै बन्दुक बोक्ने अन्तिम पुस्ता हो । अबको नयाँ पुस्ताले फेरि बन्दुक बोक्नु नपर्ने बताएका छन ।
तामाङले मुलुकमा २४० वर्षदेखि सामन्तवादले जकडिएको सत्ताको तखता पल्टाउन हिजो बन्दुक बोक्न बाध्य भएपनि अब त्यो स्थिति नरहेको बताए ।





