सरकार र शिक्षक सहमति नजिक

काठमाडौँ, १७ वैशाख । सरकार र नेपाल शिक्षक महासंघ सहमति नजिक पुगेका छन् ।

२८ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकसँग मंगलबार राति शिक्षा मन्त्रालयमा भएको वार्तामा सम्भावित सहमतिको खाकामा समझदारी बनेको हो । केही माग मन्त्रिपरिषद्बाट निर्णय गरेर सरकारले सम्बोधन गर्ने, संसद्को शिक्षा, स्वास्थ्य समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक चाँडो टुंगो लगाउन प्रतिबद्धता जनाउने र शिक्षकले सडक आन्दोलन स्थगित गर्ने गरी सहमति नजिक पुगेको वार्तामा सहभागी एक शिक्षकले बताए ।

शिक्षकले मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्ने ९ बुँदे माग प्रस्ताव गरेका छन् भने शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव गरेको छ । वार्ता यिनै विषयमा केन्द्रित रहेको मन्त्रालयका एक अधिकारीले बताए । वार्तामा सरकारका तर्फबाट शिक्षामन्त्री रघुजी पन्तसहित अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा सचिव दीपक काफ्लेलगायत सहभागी थिए । महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापालगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ११ कार्तिक । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १०

एजेन्सी, ११ कार्तिक । नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक मलेसियाको रोजगारी तत्कालका लागि बन्द भएको छ । श्रमिक पठाउने म्यानपावर कम्पनी

एजेन्सी, १० कार्तिक । भारतको असम राज्यको गुवाहाटीस्थित एक होटलमा गोली चल्दा महिलासहित पाँच जनाको मृत्यु भएको छ भने अन्य

एजेन्सी, १० कार्तिक । इजरायलमा आज (२७ अक्टोबर) आम निर्वाचन हुँदैछ । निर्वाचनको परिणामले वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सत्तामा कायम