नहरमा डुबेर बालिका बेपत्ता: सर्पले टोकेर बालकको मृत्यु

धनगढी, २ वैशाख । कैलालीमा सर्पले टोकेर घाइते भएका एक बालकको मृत्यु भएको छ भने एक बालिका नहरमा डुबेर बेपत्ता भएकी छन् ।

नयाँ वर्षको पहिलो दिन सोमबार टिकापुर नगरपालिका–१ एकतानगरका निरज बिकका पाँच वर्षीय छोरा लोकेशको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ । लोकेशको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमै राखिएको छ ।

यस्तै, लम्कीचुहामा नहरमा डुबेर एक बालिका बेपत्ता भएकी छन् । लम्कीचुहा नगरपालिका–३ बल्चौरमा रानीजमरा कुलरिया सिँचाइको नहरमा डुबेर सोही ठाउँ बस्ने ९ वर्षीया खुसी वादी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय

काठमाडौँ, १६ बैशाख । वृद्धा महिलाले गलामा लगाएका सिक्री, कानमा लगाएका गरगहना थुत्दै मोटरसाइकलमा फरार हुने समूहका थप दुई जना पक्राउ

काठमाडौँ, १६ बैशाख । रुपन्देहीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, १६ बैशाख । खैरो हेरोइनसहित मोरङको विराटनगर महानगरपालिका–९ स्थित पतञ्जलि रोडबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण