अपराधिक पृष्ठभूमिका व्यक्ति अस्कल क्याम्पसका स्ववियु उम्मेद्वार !

काठमाडौँ, ९ चैत । त्रिभुवन विश्वविद्यालय अन्तरगतको अमृत साईन्स क्याम्पसको स्ववियु निर्वाचन भोली हुँदैछ ।

विद्यार्थीको हक र हितको साथ साथै उच्च शिक्षाको भाग्य र भविष्यको आधारको रुपमा रहेको स्वतन्त्र विद्यार्थीको निर्वाचनमा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीको अभिभावको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । तर अमृत साइन्स क्याम्पसमा भने त्यसको ठिक उल्टो देखिएको छ । भोली हुने निर्वाचनको लागि अपराधि पृष्ठभूमि भएका केही नेताहरु उम्मेदवार बनेका छन् । अखिल क्रान्तिकारीबाट सभापतिको उम्मेदवार बनेका विश्राम शर्मा पौडेल र सचिव पदका उम्मेदवार भोजराज खड्का विगतको इतिहास भने गुण्डागर्दी तथा अवैध हातहतियारमा संलग्न रहेको पाइएको छ ।

सचिव पदका उम्मेदवार खड्काका क्रान्तिकारीकै नेता खेमबहादुर सिंहको कोठाबाट प्रहरीले पेस्तोलसहित पक्राउ गरेको थियो । अपराध अनुसन्धान व्युरोबाट खटिएको टोलीले लैनचौरस्थित उनको कोठाबाट पेस्तोलसहित पक्राउ गरी कारवाही गरेको थियो । एक वर्ष पछि उनी छुटेसँगै पुनः राजनीतमा सक्रिय भई हाल स्ववियुको सचिव पदका उम्मेदवार बनेका हुन ।

क्रान्तिकारीको निवर्तमान क्याम्पस कमिटीका अध्यक्ष समेत रहेका अध्यक्ष पदका उम्मेदवार शर्माले क्याम्पसमा नै गुण्डागर्दी गर्ने गरेको पाइएको छ । उनको नेतृत्वमा क्याम्पसका विद्यार्थी कमलराज जोशीलाई मणसान्न हुने गरी कुटपिट गरेका थिए । त्यस्तै छात्रावासमा रहेका विद्यार्थीहरु माथि ढुंगामुडा गर्ने, तर्साउने, धाकधम्की दिने जस्ता अनेकन अपराधिक कृयाकलापहरु गर्ने गरेको पाइएको छ । उनले काठमाडौँ उपत्यकाका क्रान्तिकारीका कार्यकर्ता क्याम्पसका ल्याएर हिंसा तथा द्वन्द्व मच्चाउने गरेको विद्यार्थीले आरोप लगाएका छन् ।

त्यस्तै अरुले गरेको राम्रो कामलाई आफ्नो काम भन्दै क्याम्पसमा अराजकताको केन्द्र बनाउने गरेको क्याम्पसका एक विद्यार्थीको गुनासो रहेको छ । विद्यार्थीको नाम भने उनको माग अनुसार गोप्य राखिएको छ । उनका यस्ता व्यक्तिलाई उम्मेदवार बनाउने र भोट दिने हो भने क्याम्पस तथा विद्यार्थीको भविष्य के होला ? भनि प्रश्न गरेका छन् । विगतमा दुवै उम्मेद्वारलाई क्याम्पस प्रशासनले मुद्धा फिर्ता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र

काठमाडौँ, १० भदौ । बाढीबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै