मन्त्री भट्टराईद्वारा एसईईलाई मर्यादित बनाउन निर्देशन

काठमाडौँ, ४ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्देशन दिएकी छन् ।

आज भर्चुअल माध्यमबाट मधेस प्रदेशका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखहरूसँगको बैठकमा मन्त्री भट्टराईले परीक्षा सञ्चालनमा कुनै पनि कमजोरी स्वीकार्य नहुने स्पष्ट पारिन । 

मन्त्री भट्टराईले स्थानीय र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई विशेष जोड दिँदै परीक्षालाई सरकार र जनताप्रति जवाफदेही ढंगले सञ्चालन गर्न आग्रह गरिन । नियमविपरीत कार्य गर्ने जो कोहीलाई पनि कठोर कारबाही गरिने बताउँदै उनले परीक्षाको मर्यादा कायम राख्न नसकेमा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखहरू समेत जिम्मेवार हुनुपर्ने बताइन । 

यस वर्षको एसईई चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुदैछ । देशभरका २ हजार ७९ परीक्षा केन्द्रमा हुने परीक्षाका लागि पाँच लाख १४ हजार ७१ विद्यार्थीले परीक्षा दिदैछन् । यो वर्ष अघिल्लो वर्षभन्दा ४९ हजार २८६ विद्यार्थी थपिएका छन्  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता

काठमाडाैँ, ११ भदाै । परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री डा.खलिलुर रहमानबिच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ताका क्रममा

काठमाडाैँ, ११ भदाै । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।

काठमाडौँ, ११ भदौ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ