व्यवस्थापन समिति गठनमा विवाद हुँदा झडप: प्रधानाध्यापकमाथि कुटपिट

दाङ, २९ फागुन । घोराही उपमहानगरपालिका–१४, नयाँ बजारस्थित शुभप्रभात माविमा विद्यालय व्यवस्थापन समिति गठनका विषयमा विवाद हुँदा झडप भएको छ ।

विद्यालय व्यवस्थापन समिति गठनका लागि बुधबार तेस्रोपटक बोलाइएको भेलामा विवाद भएपछि झडपको स्थिति सिर्जना भएको हो । गणपुरक संख्या नपुगेका कारण व्यवस्थापन समिति गठनको माइन्यूट गर्न नमान्दा प्रधानाध्यापक रुद्र बुढामाथि पनि कुटपिट भएको छ ।

पहिलो भेलामा १ सय २८ र दोस्रो भेलामा ४८ अभिभावक उपस्थित भए पनि गणपुरक संख्या १ सय ८६ नपुगेपछि बुधबार तेस्रोपटक भेला बोलाइएको थियो ।

कुटपिटमा १४ नं. वडा अध्यक्ष भानसीं बुढा र उनका सहयोगीहरु संलग्न रहेको बुढाले आरोप लगाएका छन् । वडा अध्यक्ष बुढाले भने आफू व्यवस्थापन समिति गठनको भेलामा निमन्त्रणा गरेका कारण गएको तर कुनै पनि अराजक गतिविधिमा संलग्न नभएको बताएका छन् । भेलामा अभिभावकहरुबीच विवाद भइ झडप भएको तर त्यसमा आफ्नो कुनै संलग्नता नरहेको उनको भनाइ छ । आफूलाई गलत आरोप लगाएर बदनाम गर्न खोजेको उनले बताए ।

व्यवस्थापन समिति गठनको विषयमा भएको विवाद झडपमा परिणत भएको तर अहिलेसम्म कसैले जाहेरी नदिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्र बहादुर शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता

काठमाडाैँ, ११ भदाै । परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री डा.खलिलुर रहमानबिच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ताका क्रममा

काठमाडाैँ, ११ भदाै । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।

काठमाडौँ, ११ भदौ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ