प्रथम महिला शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पित

काठमाडौँ, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ कोे आज आयोजित कार्यक्रमबीच लोकार्पण गर्नुभएको छ ।

पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर, र जीवनका विविध उकाली ओराली तथा नेकपा (माले) का तत्कालीन नेता ओलीसँग विवाह सम्बन्धमा बाँधिएपछिका अनेक यात्राहरुबारे उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यबीच २०४४ साल आजकै दिन विवाह भएको थियो । कार्यक्रममा आयोजकका तर्फबाट प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यलाई विवाह वर्षगाँठका अवसरमा सम्मान गरिएको थियो ।

राष्ट्रियसभा गृहमा खचाखच उपस्थितिका बीच भइरहेको लोकार्पण कार्यक्रममा पुस्तकबारे नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवाली, गायिका आनी छोइङ डोल्मा, लेखक अमर न्यौपानेले समीक्षात्मकम मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ

मुस्ताङ, १५ कार्तिक । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा रु ११ अर्ब ४५

काठमाडौँ, १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सादा पोसाकका प्रहरी न्युज रुममा पुगेर सञ्चारकर्मीमाथि धरपकड गरेको घटनालाई

काठमाडौँ, १४ कार्तिक । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ। समितिका अनुसार साविकको