ईश्वर पोखरेलको ‘आमा, सपना र ताराहरु’ लोकार्पण

काठमाडौँ, १९ पौष । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलकृत संस्मरण संग्रह ‘आमा, सपना र ताराहरु’ लोकार्पण भएको छ ।

आज नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालगायतले पुस्तक लोकार्पण गरे ।

पोखरेलका संस्मरणहरुलाई सांग्रिला प्रकाशनले संग्रहका रुपमा बजारमा ल्याएको हो । पुस्तकमाथि समीक्षा समेत भएको छ ।

समीक्षा गर्ने क्रममा एमाले नेता ज्ञवालीले पुस्तकमा आमासँगका सस्मरणमात्र नभइ गएको सय वर्षको नेपाली समाजको चित्र जोडिएको बताए । उनले भने, ‘अहिले आमाहरु कसरी एक्लोपनमा बाच्नुपर्ने अवस्था सिर्जना भएको छ र अर्को बन्दै गएको ईश्वर पनि पुस्तकमा छ’ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्रतिकूल मौसम र अत्यन्त चुनौतीपूर्ण परिस्थितिका बाबजुद रसुवास्थित

काठमाडौँ, १३ भदौ । भोटेकोशी बाढीबाट पीडित जनताको राहत र उद्धारको जिम्मेवारी देशको अगाडि उभिएकाले सम्पूर्ण देशवासी, विश्वभरि छरिएर रहेका

काठमाडौँ, १३ भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोसी नदीमा आएको विनाशकारी बाढी उद्धार कार्यलाई थप प्रभावकारी बनाउन छिमेकी देशहरूबाट प्राविधिक