जुम्लामा निःशुल्क कान शिविर

जुम्ला, २९ कार्तिक । सिंजा गाउँपालिकाको नराकोट स्वास्थ्यचौकीमा सञ्चालन भएको एकदिने कानसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय ५९ जना लाभान्वित भएका छन् ।

गाउँपालिकाको आयोजना तथा नेपालगञ्जस्थित विएन अस्पतालको प्राविधिक सहयोगमा बुधबार सम्पन्न शिविरमा एक सय ३६ पुरुष र एक सय २३ जना महिलाले सेवा लिएका सिंजा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले जानकारी दिए ।

गाउँमै दक्ष चिकित्सकबाट कानको उपचार पाउँदा यहाँका स्थानीयवासी खुसी भएका  सिंजा गाउँपालिका–३ की नुन्नु उपाध्यायले बताए । पालिकाले अन्य स्थानमा पनि  निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ७ मंसिर । जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् ।   चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा

काठमाडौँ, ७ मंसिर । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डिनको कार्यालयरले सेमेस्टर प्रणालीमा आधारित ‘मास्टर अफ बिजनेस स्टडिज’ (एमबीएस) तथा ‘मास्टर अफ

काठमाडौँ, ६ मंसिर । धनुषाको धनुषाधामबाट कटुवा पेस्तोल र गोलीसहित एक महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार

काठमाडौँ, ६ मंसिर । बैतडीमा बसबाट झर्ने क्रममा लडेर एक जना वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार