पूर्वाञ्चल विश्वविद्यालयले सिएनआइसँग गर्यो समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, १३ भदौ । इण्ड्ष्ट्री-एकाडेमिया सम्बन्धलाई मजबुत बनाउन नलेज, स्किल्स र रिसोर्सेसको आदानप्रदान गर्ने, बजारको माग अनुसार हालको तथा भविष्यको आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्ने, नयाँ नयाँ प्रविधिको अध्ययन अनुसन्धान गर्ने, ज्ञान हस्तान्तरण तथा तालीमको लागि सहकार्य गर्ने, उद्योग परिसंघले भौतिक पूर्वाधारको लागि सहयोग गर्ने र विद्यार्थीको इण्टर्नसिप तथा अभ्यासगत तालीमको लागि व्यवस्थापन गरिदिने मूल उद्वेश्यका साथ आज पूर्वान्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजु कुमार थपलिया र नेपाल उद्योग परिसंघका उपाध्यक्ष बिरेन्द्र पाण्डेले दुई पक्ष बीचमा भएको यो सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

यो सम्झौता तत्काल देखि कार्यान्वयन हुने र कार्यान्वयन सहजीकरणका लागि पूर्वान्चल विश्वविद्यालय र नेपाल उद्योग परिसंघ आ-आफूले गर्नुपर्ने कामहरु छुट्याई टाइम फ्रेम समेत राखिएको छ ।

पूर्वान्चल विश्वविद्यालयले पाठ्यक्रम निर्माण गर्दा औद्योगिक क्षेत्रलाई चाहिने जनशक्तिहरु उत्पादन गर्न सकियोस् भन्ने हेतुले कन्ष्ट्रक्सन सम्बन्धि, हाइड्रोपावर सम्बन्धि, मेनेजमेण्ट सम्बन्धि बिभिन्न बिज्ञहरु र निजी क्षेत्रको समेत सहभागिता गराई पाठ्यक्रम तयार गरिएकोले सो को लागि इन्जिनियरिङ तर्फ आठौं सेमेष्टरमा गरिनुपर्ने तीन महिनाको इण्टर्नसिप, त्यसैगरी इन्जिनियरिङ बाहेकका अन्य कार्यक्रमहरुमा गर्नैपर्ने इण्टर्नसिपको लागि केन्द्रस्तरमा करीब ३५० ठूला उद्योगहरु सदस्य रहेको नेपाल उद्योग परिसंघसंगको आज भएको सम्झौताले पूर्वान्चल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहज हुने नेपाल उद्योग परिसंघका उपाध्यक्ष बिरेन्द्र पाण्डेले बताउनुभयो ।

सैद्धान्तिक ज्ञानको लागि कलेजहरुमा पर्याप्त पठनपाठन हुने, प्रयोगशाला अभ्यास पनि हुने, फिल्ड भिजिट पनि हुने तर एउटा कुशल मेनेजर बन्नको लागि फिल्डमै गएर काम गर्दा मात्रै बन्न सक्ने भएकोले पाठ्यक्रममा रहेको इन्टर्नसिपको व्यवस्था कार्यान्वयनको लागि हामीले सम्झौता गरेका हौं, पूर्वान्चल विश्वविद्यालयका उपकुलपति बिजुकुमार थपलियाले स्पष्ट पार्नुभयो ।

विश्वविद्यालयले जनशक्ति उत्पादन गरिरहेको छ, निजी क्षेत्रले आफूले चाहेजस्तो जनशक्ति नपाएको कारण  त्यस्ता जनशक्ति पाउनको लागि करोडौं रुपियाँ बिदेस पठाउनु परिरहेको छ, यो ग्याप परिपूर्तिको लागि यो सम्झौता कोसेढुंगा साबित हुने देखिन्छ । इण्टर्नसिप गर्दागर्दै कतिपय विद्यार्थीलाई जब समेत मिल्न सक्ने देखिन्छ । यसबाट काम संगै पढाइको अवधारणामा पनि मद्वत हुने देखिन्छ ।

यो समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा पूबिका रजिष्ट्रार नीलमणि पोख्रेल, अनुगमन बिभाग प्रमुख प्रा. उत्तम रेग्मी, पियुक्यानका अध्यक्ष सुधिर गुरगाञी, महासचिव सुरेश के. सी.  हिलसाइड कलेज अफ इन्जिनियरिङका प्रबन्ध संचालक गोपीकृष्ण न्यौपाने लगायत शिक्षाविद्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १४ भदौ । नाइजरको राजधानी नियामेस्थित एक सैन्य अखडामा शनिबार सेनाको एक समूहले आफ्नै वरिष्ठ अधिकारीहरूविरुद्ध विद्रोह गर्दै गोलीबारी र शृङ्खलाबद्ध

काठमाडौँ, १३ भदाै । संयुक्त राष्ट्रससङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई कूटनीतिक माध्यमबाट द्वन्द्व अन्त्य गर्न वार्ता पुनः सुरु

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी

काठमाडाैँ, १२ भदौ । अमेरिकाले विनाशकारी बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति बेहोरेको नेपाललाई सहयोग पठाउने घोषणा गरेको छ।