प्रधानमन्त्रीद्वारा आधुुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्न आग्रह

काठमाडौँ, ११ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुुनिक, प्राविधिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गरेर शिक्षा दिन मध्यपश्चिम विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो विश्वविद्यालयको १५ औँ सभामा कुलपति ओलीले देशको सिङ्गो शैक्षिक उन्नयनमा सक्दो योगदान दिने गरी काम गर्न आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपालको राज्य प्रणालीको जगको इतिहाससँग जोडिएको कर्णाली प्रदेशलाई नवीन जागरण दिने गरी सो विश्वविद्यालयले काम गर्नुपर्नेमा जोड दिँदै सरकारको सम्पूर्ण ध्यान मुलुकमा सकारात्मक रुपान्तरण र विकासमा रहेको स्पष्ट गर्नुभयो ।

सभामा प्रस्तुत नीति, कार्यक्रम र बजेटलगायतका कार्यसूचीसम्बन्धी प्रस्तावमाथिको छलफलसत्रमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईले अध्यक्षता गर्नुभएको थियो । विश्वविद्यालयका उपकुुलपति प्रा डा ध्रुवकुुमार गौतमले १३१ शिक्षकको दरबन्दी स्वीकृतिका लागि आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नुवाकोट, १४ भदौ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले स्रोतको कुनै कमी

अमेरिका, १४ भदौ । अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा

काठमाडौँ, १३ भदाै । संयुक्त राष्ट्रससङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई कूटनीतिक माध्यमबाट द्वन्द्व अन्त्य गर्न वार्ता पुनः सुरु

काठमाडौँ, १३ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप