(कार्तिक २९, काठमाडौं) । ओलम्पिक छनोटको दोस्रो चरणमा पुग्न सफल नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएका छन ।
बिहीबार दिउँसो फर्किएको नेपाली टोलीलाई त्रिभूवान अन्तर्राष्ट्रीय बिमानस्थलमा अखिल नेपाल फुटबल संघ ९एन्फा०का अध्यक्ष कर्मा छिरिङ शेर्पा, राखेप उपाध्यक्ष पिताम्बर तिमल्सिना, एन्फा उपाध्यक्ष कृष्ण थापा, एन्फा अन्तर्गत महिला संघका अध्यक्ष बिन्द्रा देवान लगायतले स्वागत गरेका छन ।
सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका लागि भएको छनोटमा नेपालले तीन खेलमा बराबरी खेल्दै दोस्रो चरणमा स्थान पक्का गरेको थियो ।





