नेट्फिल्क्सले रिलिज गर्‍यो फिल्म ‘माउन्टेन क्वीन’

काठमाडौँ, १७ साउन । नेट्फिल्क्सले बुधबार नेपाली सबटाइटलमा नेपाली महिला पर्वतारोही लाक्पा शेर्पाबारेको फिल्म ‘माउण्टेन क्वीन : द समिट्स अफ लाक्पा शेर्पा’ रिलिज गरेको छ ।

नेट्फिल्क्सले पहिलोपटक नेपाली भाषामा सबटाइटलसहित कुनै फिल्म स्ट्रिमिङ गरेको हो । फिल्मले लाक्पाको दशौं पटकको सगरमाथा आरोहणको यात्रालाई पछ्याउँछ । उनको निजी जीवनबारे पनि चित्रण गर्छ ।

१ घण्टा ४१ मिनेट लामो डकुमेन्ट्रीले लाक्पाका पूर्वपति तथा रोमानियाली पर्वतारोही गेओर्गे डिजमारेस्कुसँगको हिंसापूर्ण सम्बन्धबारे पनि अन्वेषण गर्छ । यो फिल्मलाई ओस्कार मनोनित लुसी वाकरले निर्देशन गरेकी हुन्, जसको फिल्म ‘ब्लाइन्डसाइट’ले उत्तरी मोहडाबाट सगरमाथा आरोहण गर्ने ६ जना दृष्टिविहीन तिब्बती किशोरीलाई वर्णन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अमेरिका, ७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएकोमा अहिले

काठमाडौँ, ७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, ६ असोज । बजारमा अनारको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकका

काठमाडौँ, ६ असोज । आज सेयर बजार ७.०६ अंक बढेको छ । यो वृद्धिपछि नेप्से परिसूचक २६५४ अंकमा कायम भएको छ