एन्फाले भदौमा महिला लिग २०२४ आयोजना गर्ने

काठमाडौँ, ३ साउन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आउदो भदौमा महिला लिग २०२४ आयोजना गर्ने भएको छ ।

एन्फाको हिजो बसेको भर्चुअल बैठकले आउदो भदौ १६ गतेदेखि यो लिग गर्ने निर्णय गरेको हो । एन्फाले प्रतियोगिता गर्ने ठाउँको भने टुङ्गो लगाइसकेको छैन । प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, सङ्कटा, बाग्मती युवा क्लब, वालिङ र चन्द्रपुर नगरपालिका, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सहभागिता रहनेछ ।

एन्फाले महिला लिगको सन् २०२४ देखि २०२६ सम्मका तीन संस्करणका लागि ९ करोड रुपैयाँ विनियोजन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असार । चालु आर्थिक वर्षको अन्तिम महिना पनि घर्किने लाग्दा सरकारको पुँजीगत (विकास) खर्चको अवस्था अत्यन्त निराशाजनक देखिन्छ, जसलाई

काठमाडौँ, ७ असार । अर्थमन्त्री स्वर्णिम वाग्लेले बैंक नेपाली नागरिकको सारथी बन्नु पर्ने बताएका छन् । बैंकहरूको स्थापनाको प्रमुख उद्देश्य

काठमाडौँ, ७ असार । बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथ्यांक अनुसार

काठमाडौँ, ७ असार । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ६ सय रुपैयाँले