नेप्से परिसूचक १७.१८ अंकले घट्यो

काठमाडौँ, ३१ असार । सेयर बजार मापक नेप्से परिसूचक १७.१८ अंकले घटेको छ । कारोबार रकम भने उच्च मूल्यको भएको छ ।

यस दिन आठ अर्ब ७३ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । गएको माघ ४ गते आठ अर्ब १७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसपछिको उच्च मूल्यको कारोबार सोमबार भएको हो ।

आज लगानीकर्ता नाफा बुक गर्नतर्फ लाग्दा बजारमा दबाब देखियो । पछिल्ला चार कारोबार दिन बजार उच्च अंकले बढेको थियो । आइतबार (हिजो) नेप्से ५३ अंकले बढेको थियो ।

सोमबार नाफा बुक गर्नतर्फ लगानीकर्ता लगेको प्रस्ट छ । किनभने, कारोबार रकम पनि आइतबारको तुलनामा एक अर्ब ११ करोड रुपैयाँले बढेको छ । आइतबार सात अर्ब ६२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । १३ मध्ये चार समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि लगानी समूहको भएको छ । यो समूहको परिसूचक १.७० प्रतिशतले बढेको छ ।

सर्वाधिक परिसूचक घट्नेमा विकास बैंक समूह छ । यो समूहको परिसूचक १.८९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १८ बैशाख । सैन्य ‘कू’ पछि हिरासतमा राखिएकी म्यानमारकी पूर्व नेतृ आङ सान सुकीलाई नजरबन्दमा राखिने भएको छ । म्यानमारको जुन्ता

एजेन्सी, १७ बैशाख । लिबियाको पूर्वी तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा सात जनाको सकुशल उद्धार गरिनुका साथै १७

एजेन्सी, १७ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चाँडै चतुरता देखाउन (स्मार्ट हुन) र आणविक कार्यक्रमहरूमा कडा नियन्त्रणको माग

एजेन्सी, १७ बैशाख । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव