राष्ट्रको एकीकरणमा भानुभक्तको योगदान महत्त्वपूर्ण छ : सभामुख घिमिरे

काठमाडौँ, २९ असार । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भाषा र साहित्यको माध्यमबाट नेपालको एकीकरण गर्ने गर्ने सवालमा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । 

शनिबार भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्तीको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले भानुभक्तले भाषा र साहित्यमार्फत राष्ट्र निर्माणमा योगदान नगरेको आज नेपाल यस अवस्था पुग्न कठिन हुने बताए । नेपाल एकीकरण गर्ने सन्दर्भमा तत्कालीन राजा पृथ्वीनारायण शाहले राष्ट्रलाई भौगोलिक रूपबाट एक ठाउँमा ल्याउने ऐतिहासिक आन्दोलन गरेजस्तै भानुभक्तले भाषा र साहित्यको माध्यमबाट उत्तिकै महत्त्वपूर्ण अभियान थालेको बताए । 

सभामुख घिमिरेले भने, ‘हुन त भानुभक्तले त्यतिबेलाको  आध्यात्मिक रामायण, खासगरी संस्कृतमा लेखिएको रामायणको उल्था गरेको भन्ने सुनिन्छ । तर उल्थामात्र नभएर रामले समाजलाई गरेको योगदान, सामाजिक क्षेत्रमा गर्नुपर्ने सद्भाव र सही कामका लागि सहिष्णुता र सहयोगको भावनाबाट प्रेरित गरेर संस्कृतमा लेखिएको रामायणलाई नेपालीमा ढाल्ने कामहरू गरियो । भानुभक्तले रामायणलाई नेपालीमा लेखेर आधुनिक रामायण बनाइरहँदा ती खण्डहरूमा गरेको वर्णनहरूले नेपाली भाषा केहो भनेर नेपालको मेचीदेखि महाकालीसम्म रहेका भासाभासीहरू सजिलोसँग बुझ्ने गरी ल्याउने कुरा र नेपाली पनको विकास गर्ने कुरामा महत्त्वपूर्ण योगदान दिएको छ । यदि भानुभक्तले त्यो योगदान नगरेको भए भाषा यसरुपबाट नेपालमा राष्ट्र बनाउने सन्दर्भमा पनि केही कठिनाइहरू आउन सक्थे होलान् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका महामहिम राजदूत पेट्री पुहाक्काले शिष्टाचार भेटवार्ता

काठमाडौँ, १७ बैशाख । त्रिभुवन विश्‍वविद्यालयका उपकुलपतिसहित तीन जनाले राजीनामा दिएका छन् ।  त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन

काठमाडौँ, १७ बैशाख । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेला ११ बुँदे निर्णय गर्दै सकिएको छ । गत

काठमाडौँ, १७ बैशाख । रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय रोक्न माग राखेर दायर