बुद्ध एयरको जहाज चिप्लियो

फाइल फोटो

काठमाडौँ, २८ असार । भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुईँ (माटो) छुन पुगेको थियो । काठमाडौँबाट गएराति ९ः३० बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले  विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा चिप्लिन पुगेको हो ।

प्रवक्ता भट्टले भने “जहाजबाट सबै यात्रुलाई सकुशल सुरक्षित बाहिर निकालिएको छ ।” जहाजमा चालक दलका सदस्यसहित ५९ यात्रु सवार रहेका जनाइएको छ  । जहाज अहिले पनि धावनमार्गमै रहेको कारण विमानस्थल बन्द रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय

काठमाडौँ, १६ बैशाख । वृद्धा महिलाले गलामा लगाएका सिक्री, कानमा लगाएका गरगहना थुत्दै मोटरसाइकलमा फरार हुने समूहका थप दुई जना पक्राउ

काठमाडौँ, १६ बैशाख । रुपन्देहीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, १६ बैशाख । खैरो हेरोइनसहित मोरङको विराटनगर महानगरपालिका–९ स्थित पतञ्जलि रोडबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण