संविधान संशोधन गर्न आवश्यक छ : प्रवक्ता महत

काठमाडौँ, ६ असार ।  नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

आज काठमाडौँमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले समावेशिता, समानुपातिकता प्रत्यक्ष निर्वाचनबाटै हुनुपर्ने बताए । उनले एक तिहाइ निर्वाचन क्षेत्रमा महिला मात्रै उम्मेदवार हुने व्यवस्था राख्नुपर्ने बताए । प्रवक्ता महतले संविधानमा रहेको निर्वाचन पद्धतिलाई संशोधन गर्ने समय आएको बताए । नेपालको आर्थिक, सामाजिक, राजनीतिक विकास नेपाली कांग्रेसको नेतृत्वमा हुनुपर्ने बताए । उनले वर्तमान सरकारको अवस्था बेहाल रहेको बताए ।

उनले भने, ‘पार्टी सभापतिले हाम्रो अधिवेशनमा त्यसलाई प्रवेश पनि गराइसक्नुभएको छ । अब हामीले संविधान संशोधनको विषयमा प्रवेश गर्नुपर्छ । समावेशिता, समानुपातिकता प्रत्यक्ष निर्वाचनबाटै हुनुपर्छ । अब त्यस बाटोमा नेपाली कांग्रेसले अभियान छेड्नुपर्छ । राष्ट्रिय सहमति जुटाउनुपर्छ ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय

काठमाडौँ, १६ बैशाख । वृद्धा महिलाले गलामा लगाएका सिक्री, कानमा लगाएका गरगहना थुत्दै मोटरसाइकलमा फरार हुने समूहका थप दुई जना पक्राउ

काठमाडौँ, १६ बैशाख । रुपन्देहीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, १६ बैशाख । खैरो हेरोइनसहित मोरङको विराटनगर महानगरपालिका–९ स्थित पतञ्जलि रोडबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण